‘मार्ग प्रशस्त’को चर्चापछि मुख्यमन्त्री कार्कीको प्रतिक्रिया : यो हाम्रो घरभित्रको आन्तरिक कुरा हो
ratopati.com · Thu Aug 06 12:11:21 GMT 2026

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की बिहीबार दिउँसो विराटनगर आइपुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरी उनी आज काठमाडौँबाट विराटनगर फर्किएका हुन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले अध्यक्ष ओलीसँगको भेटलाई ‘पार्टीको आन्तरिक छलफल’ भएको बताए । उनले भने– ‘अध्यक्ष कमरेडले पार्टी कमिटी र प्रदेश कमिटीलाई पार्टीको निर्णय जानकारी गराउनुभएको छ, बाँकी कुरा अध्यक्षसँगै सोध्नुहोला ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)