सामसङको नयाँ 'ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा' सहित ५ प्रिमियम डिभाइस सार्वजनिक, केके छन् फिचर ?
techpana.com · Thu Aug 06 12:08:41 GMT 2026

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले आफ्नो नयाँ ग्यालेक्सी जेड सिरिजका स्मार्टफोन र ग्यालेक्सी वाच सिरिजका स्मार्ट वाच विश्वव्यापी रूपमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ‘ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा’, ‘ग्यालेक्सी जेड फोल्ड८’, ‘ग्यालेक्सी जेड फ्लिप८’, ‘ग्यालेक्सी वाच अल्ट्रा२’ र ‘ग्यालेक्सी वाच९’ सार्वजनिक भएको हो । यी डिभाइसहरूको बिक्री शुक्रबार (७ अगस्ट) देखि छनोट गरिएका बजारमा सुरु हुँदै क्रमशः विश्वभर विस्तार गरिने कम्पनीले जनाएको छ ।
सामसङका अनुसार नयाँ ग्यालेक्सी जेड सिरिजप्रति उपभोक्ताको उत्साह बढ्दो देखिएको छ । यस वर्षको नयाँ सिरिजको प्रि-अर्डर अघिल्लो पुस्ताको तुलनामा ३० प्रतिशतभन्दा बढीले वृद्धि भएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)