बेलायत–नेपाल सम्बन्धलाई नयाँ संस्करणमा लैजान्छु : राजदूत रेग्मी
ratopati.com
लन्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले नेपाल र बेलायतबीचको झन्डै २०७ वर्ष लामो सम्बन्धलाई थप प्रभावकारी बनाउने बताएका छन् । दुई देशबीचको ऐतिहासिक सम्बन्धमा दुवै पक्षलाई अत्यधिक हित हुने गरी नयाँ संस्करणमा लैजाने आफ्नो प्रमुख प्राथमिकता रहेको उनले बताए ।
विश्वव्यापी, क्षेत्रीय र दुई पक्षीय विषयहरूमा नेपालको हित हुने गरि बेलायतसँगको सम्बन्ध अझ सशक्त बनाउनुपर्नेमा उनको जोड छ । नेपाल र बेलायतको सम्बन्धलाई हाम्रो गरिमामय इतिहासको जगमा समकालीन आवश्यकताको सम्बोधन हुने गरि थप उचाइमा पुर्याउने र विस्तार गर्ने, नेपाल र बेलायतबीच सिधा हवाई सेवा पुनः सञ्चालनमा ल्याउने, नेपालमा ऊर्जा उत्पादन, सडक निर्माण, कृषि र वनजन्य प्रशोधन उद्योगका लागि बेलायत सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय कोषका तर्फबाट नेपालमा लगानी बढाउने’ जस्ता विषयमा आफू केन्द्रित रहेको रेग्मीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)