बेनी–जोमसोम–कोरला सडकको कुनौटामा मार्ग छिचोलियो
lokaantar.com

बाढीपहिरोका कारण अवरुद्ध चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत प्रमुख चुनौती मानिएको कुनौटा भिरमा मार्ग छिचोलिएको छ।
रघुगङ्गा गाउँपालिका–२ कुनौटामा असोज ११ गते कालीगण्डकी नदीको बाढीले करिब २५० मिटर सडक कटान गरेको थियो। चार दिनको प्रयासपछि माटो फिलिङ गरी दुईतर्फबाट सडक जोडिएको बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले बताए। सवारीसाधन सञ्चालनयोग्य बनाउन थप एक–दुई दिन लाग्ने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)