अभिनेता नाना पाटेकरको ७५ वर्षमा निधन, ४५ मिनेटसम्म सीपीआर दिँदा पनि सकिएन बचाउन
kendrabindu.com · Thu Oct 08 02:27:03 GMT 2026

मुम्बई । भारतीय सिनेमा क्षेत्रका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । बिहीबार बिहान गोवास्थित आफ्नै निवासमा गम्भीर कार्डियक अरेस्ट भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो। तर, चिकित्सकको निरन्तर प्रयासका बाबजुद उनको ज्यान बचाउन सकिएन।
भारतीय समाचार एजेन्सी एएनआईलाई उद्धृत गर्दै विभिन्न भारतीय सञ्चारमाध्यमले जनाएअनुसार नाना पाटेकरको बिहान ५ बजेर २० मिनेटमा निधन भएको हो। गोवाको डोना पाउलास्थित निवासमा उनी अचेत अवस्थामा भेटिएका थिए। त्यसपछि उनलाई मणिपाल अस्पताल लगिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)