मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले १०औँ महाधिवेशन : प्रतिनिधिहरूको  निर्वाचन प्रक्रिया सुरु

nayapatrikadaily.com · Fri Nov 12 00:35:00 GMT 2021

एमालेले करिब आठ लाख संगठित सदस्यबाट दशौँ महाधिवेशनका प्रतिनिधिको निर्वाचन प्रक्रिया सुरु गरेको छ । देशका सबै भौगोलिक, गैरभौगोलिक कमिटी, जनसंगठन र प्रवासमा शनिबार एकै दिन प्रतिनिधि निर्वाचित गर्ने गरी एमालेले बिहीबारबाटै चुनावी प्रक्रिया सुरु गरेको हो ।

आगामी १० देखि १२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा एक हजार नौ सय ९९ प्रतिनिधि छनोट हुँदै छन् । सहमति नभएका स्थानमा २७ कात्तिकमा मतदान गर्ने एमालेको महाधिवेशन कार्यतालिका छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)