सुत्केरीलाई नगरपालिकाद्वारा कुखुरा र घिउ वितरण
ekagaj.com · Mon Jan 03 16:58:24 GMT 2022
कपिलवस्तु : ‘सुत्केरी अवस्थामा पोषिलो खानेकुरा खुवाउनुपर्छ’ भन्ने सन्देश दिन कपिलवस्तुमा कुखुराको भाले र घिउ उपहार प्रदान गरिएको छ । बाणगंगा नगरपालिका वडा नं. १ ले वडाभित्रका सुत्केरीलाई पौष्टिक आहार सहयोग गरेको हो ।
स्वास्थ्य संस्थामा प्रसूति गराउने ५५ आमाहरुलाई उपहार प्रदान गरिएको छ । वडा अध्यक्ष तथा नगर प्रवक्ता विष्णु पौडेलले लोकल कुखुराको भाले र एक केजी घिउ उपहार स्वरुप प्रदान गरेका थिए । सुत्केरी अवस्थामा पोसिलो खानेकुरा खुवाउन पर्छ भन्ने सन्देश फौलियोस् भन्ने उद्धेश्यको लागि कार्यक्रमको आयोजना गरिएको अध्यक्ष पौडेलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)