मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ढुङ्गा लागेर मृत्यु भएका मजदुरका परिवारलाई राहत दिइने

barnanmedia.com · Sun Jul 07 22:47:58 UTC 2024

ऋषिङ गाउँपालिका–१ झापुटारस्थित तनहुँ जलविद्युत् आयोजनाको सुरुङमार्गभन्दा बाहिर काम गर्ने क्रममा ढुङ्गा लागेर मृत्यु भएका मजदुरको परिवारलाई राहत दिने सहमति भएको छ ।

ढुङ्गा लागेर मृत्यु भएका सोही वडाको मालिङ्गा बस्ने ५० वर्षीय कृष्णबहादुर पुलामीको परिवारलाई रु ३० लाख प्रदान गर्ने सहमति भएको हो । पीडित परिवार र जलविद्युत् आयोजनाबीच आज बसेको बैठकमा बीमा रकमबापत रु १० लाख र हाइड्रोपावरका तर्फबाट रु २० लाख गरी रु ३० लाख प्रदान गर्ने सहमति भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)