बैंकिङ लुटविरुद्धको मधेस बन्दका क्रममा पक्राउ परेकालाई सम्मान
rajdhanidaily.com · Fri Jan 26 23:41:29 GMT 2024
काठमाडौं । आम जनता पार्टी (आजपा) को आह्वानमा भएको मधेस बन्दका क्रममा पकाउ परेका नेता-कार्यकर्तालाई पार्टीले सम्मान गरेको छ । काठमाडौं, रौतहट र बिरगंजमा आज आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो ।
काठमाडौंमा आजपा अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले सम्मान गरेका छन् । यस्तै रौतहटमा पार्टी जिल्ला कमिटीले र बिरगंजमा पार्टीले सम्मान गरेको छ । बैंकिंग लुटको विरुद्ध आजपाले घोषणा गरेको बिहिवारको मधेश बन्दको क्रममा प्रहरीले उनीहरुलाई पक्राऊ गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)