२८१ विरुद्ध राजस्वको मुद्दा
abhiyandaily.com
काठमाडौं (अस) । राजस्व अनुसन्धान विभागले कर छल्न खोज्नेविरुद्ध पौने २२ अर्ब रुपैयाँ बराबर बिगो माग दाबी गर्दै अदालतमा मुद्दा चलाएको छ । विभागले सार्वजनिक गरेको आठमहीने (गत असोज १८ गतेदेखि हालसम्म) प्रगति विवरणअनुसार सो अवधिमा २ सय ८१ प्रतिवादीविरुद्ध राजस्व चुहावट तथा विदेशी मुद्रा अपचलन मुद्दा दर्ता गरिएको छ ।
अदालतमा दर्ता गरिएका मुद्दामा राजस्व चुहावटतर्फ २ सय ३ प्रतिवादी छन् । ६९ मुद्दामा १० अर्ब ३० करोड ६५ लाख ४३ हजार रुपैयाँ बराबरको बिगो तथा सोही रकम बराबरको जरिवाना गरी कुल २० अर्ब ६१ करोड ३० लाख ८६ हजार रुपैयाँ माग गरिएको छ । सात जना सरकारी कर्मचारीविरुद्ध पनि मुद्दा दर्ता गरिएको विभागले जानकारी दिएको छ । विदेशी मुद्रा अपचलनतर्फ ७८ प्रतिवादीविरुद्ध ४६ मुद्दामार्फत विभागले १ अर्ब १० करोड २१ लाख ४७ हजार रुपैयाँ बिगो दाबी गरेको छ । भीसीटीएसमा ६ सय ६८ फर्म तथा सवारीसाधनलाई कारबाही गरी ३ करोड ४३ लाख २६ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले ७ सय १३ ओटा नियमित, आकस्मिक तथा द्रुत गस्ती परिचालन गरेको जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)