मन्त्री हेरफेरअघि सुदूरपश्चिममा मन्त्रिपरिषद् बैठक, मुख्यमन्त्रीले गरे धन्यवाद ज्ञापन
shilapatra.com · Mon Jun 08 10:39:35 GMT 2026

सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री हेरफेरअघि मन्त्रिपरिषद्को बैठक बसेको छ । आजै सरकार पुनर्गठनको तयारी रहेकोमा मन्त्रिपरिषद्को बैठक बसेको हो । बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीहरूको कामप्रति धन्यवाद ज्ञापन गरेका थिए । ‘मुख्यमन्त्रीज्यूले २२ महिना सँगै काम गरिएको भन्दै धन्यवाद ज्ञापन गर्नुभएको हो,’ सामाजिक विकासमन्त्री मेघराज खड्काले भने ।
प्रदेशमा मुख्यमन्त्री शाहबाहेक सबै मन्त्री परिवर्तन हुँदै छन् । प्रदेश सरकारमा कांग्रेसको कोटाबाट तीन मन्त्री र दुई राज्यमन्त्री तथा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री छन् । हाल कांग्रेसबाट सरकारमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा, सामाजिक विकासमन्त्री मेघराज खड्का, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शिवराज भट्ट, सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का तथा आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)