आईपीएल : कोलकाताविरुद्ध दिल्लीको सहज जित
pahilopost.com · Thu Apr 29 17:24:20 GMT 2021
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीवार भएको दोस्रो खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्समाथि जित निकालेको छ। अह्मेदावादको नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा दिल्लीले कोलकातामाथि ७ विकेटको जित निकालेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १६ दशमलव ३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)