मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

टुक्रे आयोजनामा नयाँ ठेक्का रोकियो

ekantipur.com · Sat Sep 04 01:18:55 GMT 2021

काठमाडौँ — पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ चैत २१ गते बालुवाटारमा एकै दिन स्विच थिचेर १ सय ६५ वटा सडकको शिलान्यास गरे । १ सय ६५ वटै निर्वाचन क्षेत्रमा पर्ने रणनीतिक सडक कार्यक्रमअन्तर्गत पर्ने ती सडकको शिलान्यास भए पनि चालु आर्थिक वर्षमा नयाँ ठेक्का गर्न अर्थ मन्त्रालयले रोक लगाएको छ ।

अर्थ मन्त्रालयले विभिन्न मन्त्रालय र सम्बन्धित विभागलाई साउन अन्तिममा पत्र पठाउँदै तयारी नसकिएका सडक आयोजनाको नयाँ दायित्व सिर्जना हुने गरी ठेक्का नगराउन भनेको हो । जनार्दन शर्माले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेसँगै यस्तो निर्णय गरिएको हो । रणनीतिक सडकको लागत मात्र ५७ अर्ब १० करोड रुपैयाँ छ । यसअन्तर्गत दुई लेनको २ हजार २ सय १० किलोमिटर कालोपत्र सडक बन्नेछ । यसमा जति पुराना ठेक्का भए गरिए, ती चालु रहनेछन् । चालु आर्थिक वर्षमा ती सडकमा नयाँ ठेक्का भने नहुने सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शिवप्रसाद नेपालले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)