धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद
onlinekhabar.com · Fri May 15 15:38:43 GMT 2026

१ जेठ, मलेखु (धादिङ) । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा अवैध लागुपदार्थ अफिम र हतियार बरामद गरेको छ । दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२, होवाङबाट ५१ किलो ९८० ग्राम शुद्ध अफिम बरामद गरिएको हो ।
अफिम र अवैध भरुवा बन्दुकसहित सोही ठाउँ बस्ने ३५ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)