बलिउडका ‘अन्ना’ रहेनन् : कार्डियाक एरेस्टका कारण निधन, ४५ मिनेटसम्म दिइयो सीपीआर
nagariknews.nagariknetwork.com · Thu Oct 08 03:10:36 GMT 2026

वरिष्ठ बलिउड अभिनेता नाना पाटेकर ‘अन्ना’ को ७५ वर्षको उमेरमा गोवामा कार्डियाक एरेस्टका कारण निधन भएको छ।
गोवास्थित आफ्नो निवासमा अचेत अवस्थामा भेटिएका पाटेकरलाई तत्काल मणिपाल अस्पताल पुर्याइएको थियो। अस्पतालका क्यान्सर विभागका प्रमुख डा. शेखर सालकरले समाचार एजेन्सी एएनआई लाई दिएको जानकारीअनुसार करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिइए पनि उनको अवस्थामा सुधार आउन सकेन र बिहाने ५:२० बजे (स्थानीय समय) मा उनलाई मृत घोषणा गरियो। डाक्टर सालकरका अनुसार यस घटनामा मेडिको-लिगल केस (एमएलसी) दर्ता गरिएको छ र मृत्युको वास्तविक कारण पत्ता लगाउन पोस्टमार्टम जाँच गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)