कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान आज, को-को छन् उम्मेदवार ?
annapurnapost.com · Thu Oct 08 03:15:24 GMT 2026

काठमाडौं : कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज दिउँसो १ बजेदेखि मतदान हुने भएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बिहान १० बजेका लागि तय भएको मतदानको समय परिवर्तन गरिएको हो।
महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन्। नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली बुधबार साँझ प्रकाशन भएको हो। अन्तिम सूचीअनुसार सभापति पदमा गगनकुमार थापा र श्यामकृष्ण खड्गी भिड्ने भएका छन् भने पदाधिकारीमा पनि धेरैले उम्मेदवारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)