तिलौराकोटको अनुगमन गर्न इकोमसको टोली आउँदै
ekantipur.com · Sun Jul 07 23:27:52 UTC 2024

कपिलवस्तु — सरकारले विश्व सम्पदामा सूचीकृत गर्न प्रस्ताव गरेको शाक्य गणराज्यको राजधानी प्राचीन कपिलवस्तु (तिलौराकोट) को अनुगमन मूल्यांकनका लागि अन्तर्राष्ट्रिय मिसन टोली नेपाल आउने भएको छ । आगामी अगस्त अन्तिममा इन्टरनेसनल काउन्सिल अन मोनुमेन्ट्स एन्ड साइट्स (इकोमस) को विज्ञ टोली तिलौराकोट आउने भएको हो । मिसनले अगस्त २६ देखि सेप्टेम्बर १ सम्म यहाँको अनुगमन मूल्यांकन गर्ने प्रस्ताव गरेको छ ।
मिसनले आफ्नो प्रतिवेदन संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को विश्व सम्पदा केन्द्रमा बुझाएपछि त्यसमाथि विस्तृत छलफल हुनेछ । सुरुमा विश्व सम्पदा केन्द्रको सल्लाहकार समूहले प्रतिवेदनमाथि छलफल गरेर के गर्ने भन्ने निर्णय गर्न सिफारिस गर्नेछ । त्यसैका आधारमा विश्व सम्पदा समितिले छलफल गरेर राय सुझावसहित समितिको सन् २०२५ मा हुने ४७ औं सेसनमा निर्णयार्थ पेस गर्ने तिलौराकोटको नोमिनेसन डोसियर (मनोनयन दस्ताबेज) तयारी समिति संयोजक तथा लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानीन राईले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)