स्थानीय तहको संसदीय अभ्यास
gorkhapatraonline.com · Thu Oct 08 03:26:51 GMT 2026

बैठकमा जनप्रतिनिधिको कमजोर सहभागिता, एजेन्डा समयमा नआउनु, औपचारिकतामा सीमित छलफल र सूचनाको अभावले स्थानीय संसदीय अभ्यास प्रभावित भएको छ । बजेट तथा योजना एकैैदिन पेस गरी पारित गर्ने प्रवृत्तिले पर्याप्त छलफलको अभ्यासलाई कमजोर बनाएको छ ।
सिद्धान्तत: स्थानीय लोकतन्त्र एउटा यस्तो शासकीय स्वरूप हो, जसमा नागरिक र निर्वाचित प्रतिनिधिबिच समावेशी तथा तर्कपूर्ण संवादमार्फत निर्णय गरिन्छ । यस अर्थमा राष्ट्रिय राजनीति तथा नेतृत्व विकासका लागि स्थानीय शासनव्यवस्था आधार हो । नेपालको संविधान, २०७२ ले स्थानीय तहलाई स्वायत्तता र जिम्मेवारी दुवै प्रदान गरेको छ । स्थानीय लोकतन्त्रलाई जीवन्त बनाउने स्थानीय सरकार अन्तर्गतको संसदीय स्वरूपमा कार्यपालिका र व्यवस्थापिका (विधायिका) को अभ्यासलाई लिन सकिन्छ । स्थानीय कार्यपालिकाले सभाले पारित गरेका कानुन र निर्देशन अनुसार दैनिक कार्यसम्पादन गर्दछ । स्वायत्त स्थानीय सरकारसम्बन्धी संवैधानिक प्रतिबद्धताको परिधिभित्र रही छलफल र विचारविमर्शमूलक प्रक्रिया व्यावहारिक रूपमा कसरी सञ्चालन हुन्छन् भन्ने कुरा नै स्थानीय लोकतन्त्रको मुख्य केन्द्रविन्दु हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)