बेलायतमा कोरोनाका मृतकको संख्या ७८ प्रतिशतले घट्यो, खोप वितरणमा नयाँ कीर्तिमान
ratopati.com
लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या गत महिनाको तुलनामा ७८ प्रतिशतले गिरावट आएको सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप ९६ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । गतवर्ष अक्टुबर १० पछिका शनिबारहरुमध्येकै आजको मृतक संख्या सबैभन्दा कम हो ।
सामान्यतया शनिबार र आइतबारको तथ्याँक भने अन्य दिनको तुलनामा कमै हुने गर्दछ । यद्यपि पछिल्ला दिनहरुमा मृतक संख्यामा कमी हुँदै गएको सरकारी तथ्यांकले देखाएको छ । बेलायतमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार १२२ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)