कांग्रेसको मतदान समय दोस्रोपटक सर्यो, अब दिउँसो १ बजेदेखि
nepallive.com · Thu Oct 08 03:31:36 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि हुने मतदान समय दोस्रोपटक सरेको छ। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार अब मतदान दिउँसो १ बजेदेखि सुरु हुनेछ।
यसअघि निर्वाचन समितिले बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। भारी वर्षा तथा केही प्राविधिक कारण देखाउँदै मतदान समय तीन घण्टा सारेर बिहान १० बजे पुर्याइएको थियो। तर‚ दोस्रोपटक संशोधन गर्दै अब दिउँसो १ बजेदेखि मतदान सुरु गर्ने निर्णय गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)