मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बयलपाटामा एक वर्ष : सीमितताबीच सम्भावनाको खोजी

swasthyakhabar.com · Thu Oct 08 04:07:02 GMT 2026

नेपालगञ्ज मेडिकल कलेज, बाँकेबाट एमबीबीएस पूरा गरेपछि चिकित्सकका रूपमा मेरो व्यावसायिक यात्राको पहिलो पाइला बयलपाटा प्रादेशिक अस्पतालबाट सुरु भयो। मेडिकल अफिसरका रूपमा यहाँ काम गर्न थालेको एक वर्ष पूरा भएको छ।

एक वर्षअघि बयलपाटा आउँदा म एउटा नयाँ चिकित्सक थिएँ। मेडिकल कलेजमा किताब, परीक्षा र क्लिनिकल पोस्टिङमार्फत धेरै कुरा सिकेको थिएँ। रोग कसरी पहिचान गर्ने, उपचार कसरी गर्ने र आपत्कालीन अवस्थामा कसरी निर्णय लिने भन्नेबारे आधारभूत ज्ञान थियो।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)