चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा
barnanmedia.com · Thu Oct 08 04:06:51 GMT 2026

आधुनिक प्रविधि र विद्युत्बाट चल्ने उपकरणको प्रयोग बढ्दै गएको अहिलेको समयमा पनि जिल्लाको केही ग्रामीण भेगमा परम्परागत सीप र प्रविधिको जगेर्ना भइरहेको छ । विशेषगरी ठेकी निर्माणमा अहिले पनि पानी र चुदारोको प्रयोग गरिँदै आएको छ । यसले स्थानीय संस्कृति र परम्परालाई जीवन्त राखेको छ । महालक्ष्मी नगरपालिका वडा नं ४ का दीर्घबहादुर पौडेल एक वर्षेमा करिब १०० ठेकी बनाउँदै आउनुभएको छ ।
उहाँले फुर्सदका समयमा मात्रै ठेकी बनाउने काम गर्दै आएको बताउनुभयो । खेतीपातीको याममा लगाउने र बाली उठाउने यामबाहेकका समयमा ठेकी बनाउने काम गर्दै आएको उहाँको भनाइ छ । उहाँले बनाउने ठेकी सानोदेखि ठूलो आकारसम्मका हुन्छन् । यसमा दुईदेखि ३८ कुरुवासम्म अट्ने क्षमता ठेकी बनाउँदै आएको उहाँको भनाइ छ । ठेकीसँगै पौडेलले तोङ्वा, खाने भाँडो र हर्पेसमेत बनाउने गरेको बताउनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)