नाना पाटेकरको निधनले स्तब्ध बलिउड : अक्षय, रितेशसहितका कलाकारद्वारा श्रद्धाञ्जलि व्यक्त
nepalviews.com · Thu Oct 08 04:15:50 GMT 2026

काठमाडौं । भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधनपछि उनका सहकलाकार तथा बलिउडका कलाकारहरूले दुःख व्यक्त गर्दै उनलाई असाधारण अभिनेता र प्रेरणादायी व्यक्तित्वका रूपमा स्मरण गरेका छन् ।
७५ वर्षीय पाटेकरको बिहीबार बिहान ५ः२० बजे मुम्बईस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो । मणिपाल अस्पतालका अन्कोलोजी विभाग प्रमुख डा. शेखर साल्करका अनुसार हृदयघातपछि उनलाई ४५ मिनेटसम्म सीपीआर दिइएको थियो । तर, उनलाई बचाउन सकिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)