मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बसाइँ सर्न थाले कर्‍याङकुरुङ

gorkhapatraonline.com · Thu Oct 08 04:36:24 GMT 2026

सारस प्रजातिका कर्‍याङकुरुङ चरा बसाइँ सर्न थालेका छन् ।

मङ्गोलियामा हुर्किएका बच्चा लिएर ती प्रजातिका चरा कैलालीका विभिन्न क्षेत्र हुँदै भारततर्फ जान थालेका हुन् । कर्‍याङकुरुङको यात्रा राजस्थानको केचनसम्म हुने जनाइएको छ । आकाशमा चर्को रूपमा आवाज निकाल्दै केही दिनयता चरा उत्तरबाट दक्षिणतर्फ गइरहेको स्थानीयले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)