कुमारी बैंकको सीईओको वार्षिक तलब–भत्ता १ करोड ९० लाख सञ्चालक र उच्च व्यवस्थापनमा कति गर्यो खर्च ?
clickmandu.com · Thu Oct 08 04:52:44 GMT 2026

काठमाडौं । कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई तलब तथा भत्ताबापत १ करोड ९० लाख रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ । बैंकको २६औं वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा बैंकका सीईओलाई तलव, भत्ता र अन्य सेवासुविधा वापत उक्त रकम भुक्तानी गरेको हो ।
प्रतिवेदन अनुसार बैंकले एक वर्षको अवधिमा सीईओलाई कुल १ करोड ९० लाख ३ हजार २४८ रुपैयाँ भुक्तानी गरेको छ । जसमध्ये तलबबापत १ करोड ७६ लाख १० हजार ४८ रुपैयाँ र दशैं भत्तासहित अन्य भत्ताबापत १३ लाख ९३ हजार २०० रुपैयाँ भुक्तानी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)