मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चितवनमा पेस्तोलसहित एकजना पक्राउ

baahrakhari.com · Mon Jun 27 02:51:00 GMT 2022

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका(१० स्वामीचोक घर भई हाल हाल भरतपुर–५ विकासचोक बस्ने ३२ वर्षीय प्रकाश विक छन् ।

विकको कोठामा शङ्का लागि चेकजाँच गर्ने क्रममा आइतबार पेस्तोल, गोली, नगद एक लाख १४ हजार रुपैयाँ, सुनको सिक्री एक थान र मोबाइल पाँच थान बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)