रोकिएको ड्रागन फ्रुटको कन्टेर कुहिने डरले स्थानियलाई निःशुल्क बाडियो
kendrabindu.com · Thu Oct 08 05:12:33 GMT 2026

जोमसोम । चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको करिब २७ लाख रुपैयाँबराबरको ड्रागन फ्रुट सडक अवरुद्ध भएपछि जोमसोममै थन्किएको छ । बेनी–जोमसोम सडकखण्ड बाढीपहिरोका कारण अवरुद्ध हुँदा १५ दिनभन्दा बढी समयदेखि रोकिएको ड्रागन फ्रुट व्यवसायीले स्थानीयवासीलाई निःशुल्क वितरण गरेका छन् ।
यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछिको बाढीपहिरोले सडकखण्डमा क्षति पु¥याएपश्चात् ड्रागन फ्रुट बोकेको कन्टेनर जोमसोममै रोकिएको थियो । सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै समय लाग्ने र ठूला सवारीसाधन समेत सहज रूपमा आवतजावत गर्न नसक्ने भएपछि व्यवसायीले फल निःशुल्क वितरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)