मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तिहारले बढायो सुनचाँदीको कारोबार

gorkhapatraonline.com · Thu Nov 09 06:22:16 GMT 2023

काठमाडौँ, कात्तिक २३ गते । तिहार नजिकिँदै गर्दा बजारमा सुनचाँदीको कारोबार बढ्न थालेको छ । चाडपर्वका बेला ग्राहकले नयाँ गहना किन्ने भएकाले पनि सुनचाँदीको कारोबार बढ्न थालेको छ । सामान्य अवस्थामा दैनिक १० किलो सुन बिक्री हुने गरेकामा अहिले २० किलोमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले विगतका वर्षजत्तिको व्यापार बढ्न नसके पनि अन्य समयको तुलनामा दुई/तीन दिनअघिदेखि सुनको कारोबार बढ्दै गएको जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)