यातायात कार्यालय जनकपुरधामबाट तीन बिचौलिया पक्राउ
shilapatra.com · Fri May 15 15:56:55 GMT 2026

यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट प्रहरीले तीन जना बिचौलियालाई निणन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–२ निवासी २२ वर्षीय अंकितकुमार साह, सर्लाहीको गोडैता नगरपालिका–६ का ३० वर्षीय चिन्टुकुमार सिंह तथा धनुषाधाम नगरपालिका–३ निवासी २१ वर्षीय राजेश साह छन् ।
सेवाग्राहीलाई हैरानी दिएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार यातायात कार्यालयमा आउने सेवाग्राहीसँग अनावश्यक झन्झट सिर्जना गर्दै आर्थिक लाभ लिन खोजिएको भन्ने विशेष सूचनाका आधारमा शुक्रबार साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)