रङ्गशाला माटो खानीमा परिणत
gorkhapatraonline.com · Thu Oct 08 05:25:04 GMT 2026
गुल्मीको इस्मा गाउँपालिका–६, अमरपुर बुल्ममा निर्माणाधीन सहिद लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला पाँच वर्षदेखि बजेट अभावमा अलपत्र परेको छ ।
नियमित निर्माण नहुँदा रङ्गशाला क्षेत्र अहिले रातोमाटो निकाल्ने स्थानका रूपमा प्रयोग हुन थालेपछि निर्माण भएका संरचनासमेत जोखिममा परेका छन् । रङ्गशालाको क्षेत्रमा दैनिक ५०–६० जनाले माटो निकाल्ने गरेपछि निर्माण स्थल कुरूप बन्दै गएको स्थानीयको भनाइ छ । संरचनामा क्षति पुग्ने जोखिम बढेपछि वडा कार्यालयले सार्वजनिक सूचना जारी गरी रङ्गशाला क्षेत्रबाट माटो निकाल्न रोक लगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)