मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसको १५औँ महाधिवेशनमा मधेसी समूहबाट सहमहामन्त्रीका लागि ८ जनाबिच प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

ratopati.com · Thu Oct 08 05:38:11 GMT 2026

जनकपुरधाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेसी समूहबाट सहमहामन्त्री पदका लागि ८ जना उम्मेदवार चुनावी मैदानमा छन् । सहमहामन्त्रीका लागि पूर्वसहमहामन्त्री महेन्द्र यादवसहित अजयकुमार चौरसिया, नागिना यादव, किरण यादव, अभिषेकप्रताप शाह, रामपल्टन साह, मनिषकुमार मिश्र र मुक्ताकुमारी यादवले उम्मेदवारी दिएका छन् ।

आज दिउँसो हुने मतदानबाट यीमध्ये एक जना सहमहामन्त्रीमा निर्वाचित हुनेछन् । मधेसी क्लस्टरबाट एक जना निर्वाचित हुने भएकाले यी ८ जनामध्ये मधेसी समूहको मत कसको पक्षमा जाने भन्ने विषयलाई कांग्रेसभित्र चासोका साथ हेरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)