मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोनाल्डोले गरे मेसीको प्रशंसा

baahrakhari.com · Thu Oct 08 05:48:45 GMT 2026

काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका अर्जेन्टिनाका पूर्वकप्तान लियोनल मेसीको प्रशंसा गरेका छन् ।

बुधबार बिहान बेनिनविरुद्ध खेल्दै ३९ वर्षीय मेसीले २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरको अन्त्य गरे । मेसीले आफ्नो अन्तिम खेलपछि इन्स्टाग्राममा पोस्ट गरेको तस्बिरमा रोनाल्डोले प्रशंसा गर्दै लेखेका छन्, “लियो, तिमीले अर्जेन्टिनाबाट बनाएको इतिहास अमर रहनेछ । आफ्नो राष्ट्रबाट तिमीले हासिल गरेका सबै कुराका निम्ति मेरो उच्च सम्मान छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)