पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क
nepalsamaya.com · Fri Apr 14 17:05:00 GMT 2023
काठमाडौं- पोखराको मुख्य बजार क्षेत्र रहेको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण सुरु भएको छ। विश्वका सबै देशको झण्डा एकै ठाउँमा राखेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सँगको सहकार्यमा पार्क निर्माण थालनी गरेको हो।
महेन्द्रपुलस्थित सेती नदीको डिलमा महानगरको जग्गामा निर्माण हुने सो पार्कको आज नयाँ वर्षको पहिलो दिन महानगर प्रमुख धनराज आचार्यले शिलान्यास गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)