एकै थलोमा ४० युवाले लोपोन्मुख सिँगारु नाँचमा
rajdhanidaily.com · Mon Mar 07 23:44:13 GMT 2022
सुर्खेत । स्थानीय ४० युवाले एकै थलोमा लोपोन्मुख सिँगारु नाच प्रशिक्षण लिएका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नृत्य विभागले सुर्खेत सिम्टामा आयोजना गरेको ‘चार दिवसीय सिँगारु नाच कार्यशाला’मा स्थानीय ४० युवाले नाच प्रशिक्षण लिएका हुन् ।
सिम्टा ‘सिँगारु नाच’को उद्गम थलो हो । यहाँका ज्येष्ठ नागरिक अहिले पनि चाडपर्वमा महिला भेषमा सिँगारु नाच नाच्ने गर्छन् । तिनै अग्रज पुस्तासँग नयाँ पुस्ताले नाच सिकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)