बाइडेनसँग भेट्दै जेलेन्स्की
annapurnapost.com · Thu Dec 22 00:53:00 GMT 2022
वासिङ्टन (एपी) : युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अमेरिकी सहयोग जुटाउन बुधबार अमेरिका भ्रमणमा आउँदै छन्। यहाँ रहँदा उनले राष्ट्रपति जो बाइडेनसँग शिखर वार्ता गर्नेछन्।
गत फेब्रुअरीमा आफ्नो देशमा छिमेकी मुलुक रूसले आक्रमण गरेपछि पहिलो पटक युक्रेनी राष्ट्रपति विदेश भ्रमणमा निस्किन लागेका हुन्। उनले अमेरिकी संसद्लाई सम्बोधन गर्ने कार्यक्रम छ। युक्रेनको प्रतिरक्षा क्षमता सुदृढ तुल्याउन तथा आफ्नो देश र अमेरिकाबीचको सहयोगबारे छलफल गर्न आफू अमेरिका भ्रमणमा जान लागेको उनले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)