नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी
nepalnews.com · Thu Oct 08 05:55:13 GMT 2026

वासिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दाबी गर्दै आफूले दोस्रो कार्यकाल सुरु गरेयता आठ वटा द्वन्द्व समाधान गरेको बताएका छन्।
बुधबार ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले पुरस्कारको घोषणा शुक्रबार हुने उल्लेख गर्दै “यो समयको कुरा हो” भनेका छन्। आफूले पुरस्कार पाए पनि नपाए पनि शान्तिका लागि अरूभन्दा बढी काम गरेको उनको दाबी थियो। “मैले अरू कसैले नगरेको काम गरेको छु। मैले घमण्ड गरिरहेको छैन, म तपाईंहरूलाई तथ्य मात्र बताउँदैछु। मैले आठ वटा युद्ध समाधान गरें”, उनले भने।