शिक्षक दरबन्दीको सूचना उपलब्ध नगराउनुको कारण पेस गर्न पुल्चोक क्याम्पसलाई उच्च अदालतको आदेश
ratopati.com · Thu Oct 08 06:08:52 GMT 2026

काठमाडौँ । उच्च अदालत पाटनले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा शिक्षक दरबन्दी, कक्षा भार (टिचिङ लोड) र आंशिक शिक्षक नियुक्तिको कार्यविधि सम्बन्धी विवरण सूचनाको हकअन्तर्गत माग गर्दा पनि उपलब्ध नगराएको विषयमा कारण देखाऊ आदेश जारी गरेको छ ।
डा. शेखर अर्यालद्वारा दायर रिटमा प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश विष्णुप्रसाद अर्यालको एकल इजलासले राष्ट्रिय सूचना आयोग र पुल्चोक क्याम्पसलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो । साथै, अदालतले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई यही असोज २३ गते उपस्थित हुन आदेश गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)