मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हालान्डले बनाए गोलको कीर्तिमान

ekantipur.com · Thu May 04 00:47:38 GMT 2023

लन्डन — इर्लिङ हालान्डले इंग्लिस प्रिमियर लिगमा एकै सिजन ३५ गोलको नयाँ कीर्तिमानी बनाएका छन् । त्यसको मद्दतले म्यानचेस्टर सिटीले वेस्ट ह्यामलाई ३–० ले हरायो र लिग तालिकाको शीर्ष स्थानमा उक्लियो । यस्तै अर्को खेलमा लिभरपुलले फुलहमलाई १–० ले पराजित गर्‍यो ।

यसअघि एन्डी कोल र एलान सिएररले एकै सिजन लिगमा ३४ गोल गरेका थिए । सिटीका लागि थप गोल नथान एके र फिल फोडेनले गरे । यो जितपछि सिटीको ३३ खेलबाट ७९ अंक भएको छ । एक खेल बढी खेलेको आर्सनलको ७८ अंक छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)