बलिउड अभिनेता नाना पाटेकरको निधन
rajdhanidaily.com · Thu Oct 08 06:12:35 GMT 2026

मुम्बई । नाना पाटेकरको निधन भएको छ। प्राप्त जानकारी अनुसार, उनी गोवाको डोना पाउलास्थित आफ्नो घरमा अचेत अवस्थामा फेला परेका थिए र उनलाई तत्काल अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे।
नाना पाटेकर ७५ वर्षका थिए। उनको निधनको खबरले सबैजना स्तब्ध भएका छन्। बिहान ५:२० बजे उनलाई मृत घोषित गरिएको बताइएको छ। प्रारम्भिक अनुसन्धानले उनको हृदयघातका कारण निधन भएको संकेत गरेको छ। अस्पताल पुर्याइएपछि चिकित्सकहरूले करिब ४५ मिनेटसम्म उनलाई ब्युँताउने प्रयास गरे तापनि कुनै प्रतिक्रिया नआएपछि उनलाई मृत घोषित गरियो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)