वर्षौंसम्म बेवास्ता गरेको म्यान्मारको सैन्य सरकारसँग ट्रम्प प्रशासनले थाल्यो प्रत्यक्ष वार्ता
clickmandu.com · Thu Oct 08 06:15:14 GMT 2026

एजेन्सी । अमेरिकाको ट्रम्प प्रशासनले म्यान्मारको सैन्य सरकारसँग प्रत्यक्ष वार्ता सुरु गरेको रोयटर्स समाचार संस्थाले जनाएको छ । यो सन् २०२१ को कूपछि त्यहाँका जनरलहरूलाई एक्ल्याउने वाशिङटनको प्रयासको उल्टो कदम हो ।
सात बहालवाला तथा पूर्व अधिकारीहरू र नीतिगत परिवर्तनबारे परिचित अन्य व्यक्तिहरूका अनुसार, गुप्तचर तथा अनुसन्धानका लागि अमेरिकी सहायक विदेशमन्त्री माइकल भान्सले यस पहलमा प्रमुख भूमिका खेलेका छन् । यसले अमेरिकीहरूलाई निशाना बनाउने ठगी केन्द्रहरू बन्द गर्नमा ध्यान केन्द्रित गरेको छ । तर, अगाडि बढ्दै यसले म्यान्मारको दुर्लभ खनिज पदार्थको भण्डार लगायतका विषयमा व्यापक संलग्नतातर्फ डोर्याउन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)