मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बौद्धिक सम्पत्ति संरक्षण गर्न एमच्याम नेपाल र अमेरिकी दूतावासबीच छलफल

clickmandu.com · Thu Oct 08 06:30:24 GMT 2026

काठमाडौं । नेपालस्थित अमेरिकी वाणिज्य संघ (एम-च्याम नेपाल) ले काठमाडौँस्थित अमेरिकी दूतावासको सहकार्यमा नेपालमा बौद्धिक सम्पत्तिको संरक्षण र व्यावसायिक विश्वास अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयका प्रतिनिधिहरूसँग एक ‘व्यावसायिक गोलमेच बैठक’ आयोजना गरेको छ ।

अक्टोबर ६ मा आयोजित उक्त बैठकमा संघका सदस्य कम्पनीका ३० भन्दा बढी कानुनी प्रतिनिधि र व्यावसायिक नेतृत्वकर्ताहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बौद्धिक सम्पत्तिको सुरक्षा, व्यापारिक चिह्न (ट्रेडमार्क) को नक्कल, ब्रान्डको प्रतिष्ठाको संरक्षण र नेपालमा लगानीको वातावरणलाई कसरी सुदृढ बनाउने भन्ने विषयमा गहन छलफल भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)