मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लघुवित्त पीडितको ७ बुँदे माग, सम्बोधन नभए असारदेखि आन्दोलनको चेतावनी

kalakarmi.com · Mon Jun 08 11:02:55 GMT 2026

काठमाडौं- लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान-मजदुर आन्दोलन, नेपालद्वारा ७ बुँदे माग सम्बोधन नगरे असार दोस्रो हप्ताबाट आन्दोलन गर्ने जनाएको छ । सोमवार पत्रकार सम्मेलनको आयोजना गरी अबको संघर्ष राष्ट्र बैंक विरुद्ध केन्द्रीत हुनेसमेत जनाएको छ ।

आन्दोलनका अध्यक्ष रमेश सेन्चुरीले लामो समयसम्म लड्दा पनि सरकारले वित्तीय पीडितका मागहरु सम्बोधन नगरेकाले आफूहरुले नयाँ आन्दोलनका कार्यक्रम गर्न लागेको बताए । आफूहरुका मागहरु सम्बोधन हुँनै लाग्दा नेपाल राष्ट्र बैंकले अवरोध गरेको बताउँदै भने,’राष्ट्र बैंक लघुवित्त तथा वित्तीय माफियाहरुको मतियार बनेको छ, यस विषयमा सोच्ने बेला आएको छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)