चितवनको रत्ननगरमा नयाँ शोरुमसँगै कजारिया रमेश टायल्सको उपस्थिति विस्तार
ajakoartha.com · Mon Jun 08 11:07:00 GMT 2026

चितवन- कजारिया रमेश टायल्स लिमिटेडले चितवनको रत्ननगरमा नयाँ शोरुम सञ्चालनमा ल्याउँदै बागमती प्रदेशमा आफ्नो व्यावसायिक पहुँच थप विस्तार गरेको छ। चितवन हार्डवेयर एण्ड सेनेटरीद्वारा सञ्चालित यस शोरुमले स्थानीय उपभोक्ता, आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूका लागि विश्वस्तरीय पहिचान बनाएका वाल र फ्लोर टायल्सको बृहत् सङ्ग्रह सिधै उपलब्ध गराउने जनाएको छ।
आइतबारका आधिकारिक रूपमा उद्घाटन गरिएको यस शुभारम्भ समारोहमा कन्ट्री म्यानेजर अभ्यास तिवारी र मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारीको प्रमुख उपस्थिति रहेको थियो। उक्त अवसरमा कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिहरू तथा चितवन हार्डवेयर एण्ड सेनेटरीको व्यवस्थापन टोलीले स्थानीय बासिन्दाहरूलाई हार्दिक स्वागत गर्दै शोरुमको अवलोकन गराएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)