मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वीरगञ्जका मेयरसहित ७ जनाविरुद्ध मुद्दा दायर, अर्कैकी छोरीको बाबु बनेर नागरिकता दिलाएको आरोप

nepalpress.com · Mon Jun 08 11:07:48 GMT 2026

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंहसहित ७ जनाविरुद्ध कर्मचारी र व्यक्तिहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । मेयर सिंहले अर्कैको छोरीलाई आफ्नो छोरी बनाई झूटो विवरणको आधारमा नागरिकता दिलाएको ठहरसहित अख्तियारले उनीहरूविरुद्ध मुद्दा चलाएको हो ।

अख्तियारले मेयर सिंहलाई मतियारको रूपमा मुख्य कसुरदार सरह सजायको माग गरेको छ । नागरिकता लिनेकी आमा रिता भट्टराई, तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडाध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेललाई पनि प्रतिवादी बनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)