अध्यक्ष तिमिल्सिनाद्वारा ल्होसारको शुभकामना व्यक्त
lokaantar.com · Tue Feb 21 00:47:59 GMT 2023
राष्टिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसार २०७९ को अवसरमा सबै नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका छन् । मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले सो शुभकामना व्यक्त गरेका हुन् ।
नेपालको हिमाली लगायत विभिन्न क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदाय एवम् बौद्धमार्गी समुदायको विशेष पर्वका रूपमा प्रत्येक वर्ष फागुन शुक्लपक्ष प्रतिपदाका दिन ग्याल्पो ल्होसार मनाउने गरिन्छ उनले चर्चा गरेका छ्न ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)