बलिउड अभिनेता नाना पाटेकरको निधन
gorkhapatraonline.com · Thu Oct 08 07:19:28 GMT 2026

हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन् । मणिपाल अस्पतालको ओन्कोलोजी विभागका प्रमुख डा शेखर साल्करका अनुसार बिहान निवासमा अस्वस्थ भएपछि पाटेकरलाई अस्पताल ल्याइएको थियो ।
अस्पताल पुर्याउँदा उहाँको अवस्था गम्भीर भइसकेको थियो । चिकित्सकको टोलीले करिब ४५ मिनेटदेखि एक घण्टासम्म उहाँलाई पुनर्जीवित गर्ने प्रयास गरे पनि बचाउन नसकिएको डा साल्करले बताउनुभयो । उहाँका अनुसार पाटेकरले बिहान करिब २:३० बजे आफूलाई असहज भइरहेको भन्दै एक साथीलाई सन्देश पठाउनुभएको थियो । रातको समय भएकाले साथीले तत्काल सन्देश देख्नुभएन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)