मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

लुम्बिनीमा स्क्रब टाइफस र डेंगुको संक्रमण बढ्दो

ratopati.com · Thu Oct 08 07:59:21 GMT 2026

बुटवल । लुम्बिनी प्रदेशमा स्क्रब टाइफस र डेंगुको संक्रमण देखिने क्रम बढेको छ। स्वास्थ्य निर्देशनालय लुम्बिनीका अनुसार पछिल्लो ९ महिनामा प्रदेशका १२ जिल्लामा स्क्रब टाइफसको शंकामा २ हजार ७८० जनाको परीक्षण गरिएकोमा २३१ जनामा संक्रमण पुष्टि भएको छ।

स्क्रब टाइफसका शंकास्पद बिरामी सबैभन्दा धेरै दाङमा भेटिएका छन्। दाङमा ६२४ जनामा लक्षण देखिएकोमा ६५ जनामा संक्रमण पुष्टि भएको छ। पाल्पामा ३९६ मध्ये २२ जना र बर्दियामा ३२४ मध्ये पाँच जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)