मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशा: सत्ताका लागि होइन, परिवर्तनका लागि राजनीति

reportersnepal.com · Thu Oct 08 08:08:54 GMT 2026

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादवले पछिल्लो प्रतिनिधिसभा निर्वाचनको परिणामलाई परम्परागत राजनीतिक दलप्रतिको असन्तुष्टि र नयाँ राजनीतिक विकल्पको जनआकाङ्क्षाको अभिव्यक्तिका रूपमा विश्लेषण गर्दै पार्टीभित्र निर्मम आत्मसमीक्षा गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

ललितपुरस्थित ज्यापू सभा हलमा असोज २१ गतेदेखि सुरु भएको जसपा नेपालको केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा यादवले निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलाई केवल सिट गुमाएको घटनाका रूपमा नभई पार्टीको राजनीतिक कार्यदिशा, सङ्गठन, नेतृत्व शैली, जनसम्बन्ध र सामाजिक आधारबारे गम्भीर पुनर्विचारको संकेतका रूपमा लिनुपर्ने बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)