मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एल निनो डिसेम्बरमा उत्कर्षमा पुग्ने

gorkhapatraonline.com · Thu Oct 08 08:18:18 GMT 2026

प्रशान्त महासागरको समुद्री सतहको तापक्रम असामान्य रूपमा बढेसँगै एल निनो तीव्र बन्दै गएको र आगामी डिसेम्बरमा उत्कर्षमा पुग्ने संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले जनाएको छ । यस पटकको एल निनो सन् १९५० यताकै सबैभन्दा शक्तिशालीमध्ये एक हुन सक्ने चेतावनी दिइएको छ ।

डब्लुएमओका प्रमुख सेलेस्ट साउलोले एल निनो ‘दृढरूपमा स्थापित र तीव्र गतिमा सुदृढ भइरहेको’ बताउनुभयो । उहाँका अनुसार यो अवस्था सन् २०२७ को फेब्रुअरीसम्म कायम रहने सम्भावना झण्डै शतप्रतिशत छ । डब्लुएमओका अनुसार मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरमा समुद्री सतहको तापक्रम जुनमा औसतभन्दा १.६ डिग्री सेल्सियस बढी रहेकामा अगस्टमा २.५ डिग्री सेल्सियस पुगेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)