११ हजार डलर फर्काउन हङकङका दलालसँग यस्तो लडाइँ
nepalkhabar.com · Fri Jul 15 16:43:47 GMT 2022
गएको डिसेम्बरमा बज्यैलाई घुमाउन हङकङ ल्याउँदै थियौँ। फुपू र पुसाइँ पनि सँगसँगै आउँदै हुनुहुन्थ्यो। उहाँहरुको लागि क्वारेन्टिन होटल बुकिङ गर्न मैले होटलहरुसँग कुराकानी गरिरहेकी थिएँ। हङकङ सरकारले ४० वटा (हाल ६७ वटा) होटललाई क्वारेन्टिन होटेलको रुपमा छुट्याएको र त्यसभित्रबाट कोठा खोज्नुपर्ने हुनाले ती होटलहरुमा सम्पर्क गरिरहेकी थिएँ। म यता होटल खोजिरहेकी थिएँ, उता मेरो अर्का पुसाइँले युङलुङस्थित युवराज ज्ञवालीको पसल पशुपति स्टोर्समा गई टिकट र होटल क्वारेन्टिन मिलाइदिन भनिसक्नुभएको रहेछ।
आफ्नो १२ घण्टे ड्युटीमा व्यस्त हङकङका नेपालीलाई ‘अफिसियल’ काममा धाइराख्न फुर्सद हुँदैन। त्यसैले हङकङमा अधिकांशले नेपाली दलालहरुलाई महँगो रकम तिरी आवश्यक कागजपत्र बनाउने अभ्यास छ। यस्तो प्रक्रियामा सर्वसाधारण नेपालीलाई उल्लु बनाई ठूलो रकम फुत्काउने केही दलालका कारण नेपाली समुदाय लामो समयदेखि हायलकायल छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)